‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र
काठमाडौं । कलाकार नीर शाहले उत्कृष्ट अभिनेता र कलाकार मिरुना मगरले उत्कृष्ट अभिनेत्री अवार्ड जितेका छन्।
शुक्रबार चलचित्र विकास बोर्डको आयोजनामा राष्ट्रपति कार्यालयमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा शाहले फिल्म ‘परान’बाट मगरले ऊनको स्वीटर’बाट उक्त अवार्ड पाएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले दुवैलाई उक्तअवार्डसहित पुरस्कार प्रदान गरेका थिए ।

पारिवारिक कथावस्तुमा बनेको फिल्म ‘परान’ मा नीर शाह बुवाको भूमिकामा छन्। २०८२ सालमा रिलिज भएको ‘परान’ वर्षकै सर्वाधिक कमाउने फिल्म समेत हो। यस फिल्मले १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
गत वर्ष प्रदर्शन भएका नेपाली चलचित्रमा ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र घोषित भएको छ।
ऊनको स्वीटर उत्कृष्ट चलचित्र घोषित हुनुका साथै उत्कृष्ट निर्देशकको पुरस्कार पनि निर्देशक नवीन चौहान पाएका छन् । यसै फिल्मबाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भएकी हुन् ।
राष्ट्रिय चलचित्र पुरस्कार २०८२ को निर्णायक मण्डलको संयोजकमा वरिष्ठ अभिनेता हरिहर शर्मा रहेका थिए । सदस्यहरूमा निर्देशक मिलन चाम्स, वरिष्ठ फिल्म प्राविधिक अरुण थापा, अभिनेत्री सरिता गिरी र संकृतिविद् तथा प्राध्यापक अरुण गुप्तो रहेका थिए ।
राष्ट्रिय चलचित्र अवार्ड २०८२ विजेताः
उत्कृष्ट चलचित्रः ऊनको स्वीटर
उत्कृष्ट निर्देशकः नवीन चौहान (ऊनको स्वीटर)
उत्कृष्ट अभिनेताः नीर शाह (परान)
उत्कृष्ट अभिनेत्रीः मिरुना मगर (ऊनको स्वीटर)
उत्कृष्ट सम्पादकः कोशेढुङ्गा (नहकुल खडका)
उत्कृष्ट छायाकारः कोशेढुंगा (पदमबहादुर श्रेष्ठ र बाबु श्रेष्ठ)
उत्कृष्ट लेखनः दिपकप्रसाद आचार्य र यम थापा (परान)
उत्कृष्ट आदिवासी, जनजाती, मातृभाषी चलचित्रः नेवारी फिल्म इन्दिरा धिमे मैचा
प्रोत्साहन पुरस्कारः अभिनेत्री आना शर्मा (रमिताको पिरती)
नव अभिनेताः बिमोचन दवाडी (झरीपछिको इन्द्रेणी)
चलचित्र दीर्घ साधना सम्मान: वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ
विशेष योगदान सम्मानः
विश्नु गोपाल श्रेष्ठ
मेनुका प्रधान
डा सिङ् गुरुङ
प्रकाश सुवेदी
अबिनाशविक्रम शाह
रोहित रुम्बा
अन्जिला तुम्बापो
लक्ष्मी वर्देवा
विनोद शेरचन
शंकर पान्डे
विशेष चलचित्र पुरस्कार: दिनेश सिटौला (मरणोपरान्त)
विशेष चलचित्र पुरस्कार: ल्याछो ज्योतिराज राइ