Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दोस्रो पटक चौहानको फिल्ममा सहकार्य गर्दै विपीन र मिरुना

काठमाडौं । विपिन कार्की र मिरुना मगरलाई शीर्ष भूमिकामा लिएर कथानक फिल्म ‘ऊनको स्वीटर’ बन्ने भएको छ ।

केही वर्षयता कथावाचन शैलीका गीतमार्फत स्रोता–दर्शकको मन जितिरहेको आर्टमाण्डू नेपालले फिचर फिल्म ‘ऊनको स्वीटर’ निर्माणको औपचारिक घोषणा गरेको हो ।

राजधानीमा एक कार्यक्रमकाबीच फिल्मको नाम, कलाकारसँगै टाइटल गीत सार्वजनिक गरिएको छ ।

नवीन चौहानको लेखन एवं निर्देशन रहने फिल्ममा अभिनेता कार्की र अभिनेत्री मगरको शीर्ष भूमिका रहनेछ । ‘लालपूर्जा’पछि विपीन र मिरुनाको यो दोस्रो सहकार्य हो ।

साथमा एलेक्स पारस, परिक्षा लिम्बुसहितका कलाकारहरूको समेत अभिनय रहनेछ । मंसिर पहिलो सातादेखि फिल्म छायांकन गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077