Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

रास्वपा कर्णाली प्रदेश सभापतिमा मदन खड्का निर्वाचित

रास्वपा कर्णाली प्रदेश सभापतिमा मदन खड्का निर्वाचित

बुधवार , आषाढ ३, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी भएका छन् ।

मंगलबार राति सम्पन्न पार्टीको प्रथम कर्णाली प्रदेश महाधिवेशनबाट नन्दकिशोर बस्नेत र स्नेहा उपाध्यायलाई पराजित गर्दै खड्का विजयी भएका हुन् ।

कुल खसेको ४०० मतमध्ये खड्काले २८८ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ । उनका प्रतिस्पर्धीद्वय उपाध्याय र बस्नेतले क्रमशः ६३ र ३५ मत प्राप्त गरे ।

सभापतिमा पुनःनिर्वाचित भएका खड्का पार्टी स्थापनादेखि सङ्गठन विस्तार तथा सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेका व्यक्तिका रूपमा चिनिन्छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077