Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

दुई घण्टापछि फेरि सुरु भयो फ्रान्स–इराक भिडन्त, एम्बाप्पेको गोलमा फ्रान्स अग्रतामै

दुई घण्टापछि फेरि सुरु भयो फ्रान्स–इराक भिडन्त, एम्बाप्पेको गोलमा फ्रान्स अग्रतामै

मंगलवार , आषाढ ९, २०८३

काठमाडौं । प्रतिकूल मौसमका कारण बीचमै रोकिएको फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को फ्रान्स र इराकबीचको खेल पुनः सुरु भएको छ।

फिलाडेल्फियामा भारी वर्षा, चट्याङ र आँधीको जोखिमका कारण पहिलो हाफपछि रोकिएको खेल करिब दुई घण्टापछि पुनः सञ्चालनमा आएको हो ।

खेल रोकिँदासम्म फ्रान्स १–० को अग्रतामा थियो। कप्तान किलियन एम्बाप्पेले खेलको १४औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

सुरक्षालाई प्राथमिकता दिँदै फिफाले अमेरिकी मौसमसम्बन्धी सुरक्षा मापदण्डअनुसार खेल स्थगित गरेको थियो। मौसममा सुधार आएपछि खेलाडीहरूले पुनः वार्मअप गरेपछि दोस्रो हाफ सुरु गरिएको हो।

पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले पराजित गरेको थियो भने इराक नर्वेसँग ४–१ ले पराजित भएको थियो। फ्रान्स दोस्रो जित निकाल्दै नकआउट चरण नजिक पुग्ने लक्ष्यमा रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077