Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

विश्वकपमा वर्षाको बाधा : फ्रान्स र इराकबीचको खेल स्थगित, एम्बाप्पेको गोलमा फ्रान्स अघि

विश्वकपमा वर्षाको बाधा : फ्रान्स र इराकबीचको खेल स्थगित, एम्बाप्पेको गोलमा फ्रान्स अघि

मंगलवार , आषाढ ९, २०८३

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को फ्रान्स र इराकबीच जारी खेल प्रतिकूल मौसमका कारण स्थगित भएको छ ।

अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया स्टेडियममा भइरहेको खेल पहिलो हाफपछि परेको भारी वर्षा र सम्भावित आँधीका कारण रोकिएको हो।

खेल रोकिँदासम्म फ्रान्स १–० को अग्रतामा थियो। फ्रान्सका कप्तान किलियन एम्बाप्पेले खेलको १४औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।

मौसम खराब बन्दै गएपछि खेल अधिकारीहरूले सुरक्षालाई प्राथमिकता दिँदै खेल तत्कालका लागि स्थगित गर्ने निर्णय गरेका हुन्। वर्षा सुरु भएसँगै रंगशालामा रहेका धेरै दर्शक सुरक्षित स्थानतर्फ लागेका थिए।

मौसम पूर्वानुमान निकायले खेलअघि नै फिलाडेल्फिया क्षेत्रमा वर्षा र आँधीको सम्भावना रहेको चेतावनी दिएको थियो। खेल रोकिएको समयदेखि निरन्तर वर्षा भइरहेकाले खेल पुनः कहिलेदेखि सुरु हुन्छ भन्नेबारे फिफाले अहिलेसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।

समूह ‘आई’ मा फ्रान्स आफ्नो दोस्रो जितको खोजीमा थियो। उसले पहिलो खेलमा सेनेगललाई ३–१ ले पराजित गरेको थियो। इराक भने उद्घाटन खेलमा नर्वेसँग ४–१ ले पराजित भएपछि पहिलो अंकको खोजीमा मैदान उत्रिएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077