Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

जोर्डनविरुद्ध अल्जेरियाको रोमाञ्चक जित

जोर्डनविरुद्ध अल्जेरियाको रोमाञ्चक जित

मंगलवार , आषाढ ९, २०८३

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अल्जेरियाले जोर्डनलाई २-१ ले पराजित गरेको छ। 

सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा पहिलो हाफमा पछि परेको अल्जेरियाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको हो।

विश्वकपमा पहिलो पटक सहभागी भएको जोर्डनले ३६औं मिनेटमा निजार अल राशदानको गोलमार्फत अग्रता लियो। मुसा अल तमारीको पासमा अल राशदानले दायाँ खुट्टाले गोल गरेका हुन्। अल्जेरियाका रमिज जरुकीले सहज रूपमा बल गुमाएपछि जोर्डनले त्यसको फाइदा उठायो।

खेलभरि बलमा पकड जमाएको अल्जेरियाले दोस्रो हाफमा दबाब बढायो। त्यसको परिणामस्वरूप ६९औं मिनेटमा रियाद महरेजको कर्नरमा नधिर बेनबुआलीले हेडमार्फत बराबरी गोल गरे।

त्यसपछि ८२औं मिनेटमा कर्नरबाट आएको बलमा अमिन गुइरीले सदुपयोग गर्दै अल्जेरियालाई २-१ को जित दिलाए। 

खेलको सुरुआतमा नै अल राशदानको हेडर बाहिरियो भने अल्जेरियाका अमिन गुइरी, फारेस चाइबी र इब्राहिम माजाले पनि अवसर सिर्जना गरे। 

सन् २०१४ पछि पहिलो पटक विश्वकपको सुरुआती टोलीमा परेका रियाद महरेज गोल नजिक पुगे पनि जोर्डनका गोलरक्षक याजिद अबुलाइलाले उत्कृष्ट बचाउ गरे।

दोस्रो हाफमा पनि अबुलाइलाले इब्राहिम माजाको शक्तिशाली प्रहार र बेनबुआलीको हेडर रोके। तर लगातारको दबाब अन्तिमसम्म भने जोर्डनले थेग्न सकेन।

यो हारसँगै जोर्डन प्रतियोगिताबाट बाहिरिएको छ । अल्जेरियाले नकआउट चरण प्रवेशको आशा कायम राखेको छ।

समूह ‘जे’ मा अल्जेरिया ३ अंक जोड्दै तेस्रो स्थानमा छ । समान ३ अंक जोडेको अष्ट्रिया दोस्रो स्थानमा छ ।

२ खेलबाट ६ अंक जोडेको साविक विजेता अर्जेन्टिना शीर्ष स्थानमा रहँदै समूह विजेता बनेको छ । पहिलोपटक विश्वकप खेलेको जोर्डन अंकविहीन छ ।

तेस्रो स्थानमा रहेको अल्जेरियाले आइतबार क्यान्सस सिटीमा दोस्रो स्थानको अष्ट्रियासँग खेल्नेछ।

जोर्डनले सोही समयमा डलासमा समूह विजेता अर्जेन्टिनाको सामना गर्नेछ। २ खेल जितेको अर्जेन्टिना नकआउट चरणमा पुगिसकेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077