Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

हालान्डको दुई गोलमा नर्वेको लगातार दोस्रो जित, सेनेगल पराजित

हालान्डको दुई गोलमा नर्वेको लगातार दोस्रो जित, सेनेगल पराजित

मंगलवार , आषाढ ९, २०८३

काठमाडौं । एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले फिफा विश्वकप २०२६ को समूह चरणमा लगातार दोस्रो जित दर्ता गरेको छ । रोमाञ्चक प्रतिस्पर्धामा सेनेगललाई ३–२ ले पराजित गर्दै नर्वे नकआउट चरणमा प्रवेश गरेको हो । 

नर्वेको जितमा स्टार फरवार्ड एर्लिङ हालान्डले दुई गोल गरे। उनले खेलको ४८औँ र ५८औँ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

यससँगै हालान्डले जारी विश्वकपमा आफ्नो गोल संख्या चार पुर्‍याएका छन् र गोल्डेन बुटको दौडमा आफूलाई मजबुत बनाएका छन्।

नर्वेका लागि अर्को गोल मार्कसले पहिलो हाफको ४३औँ मिनेटमा गरेका थिए, जसले टोलीलाई अग्रता दिलाएका थिए।

पराजित टोली सेनेगलका लागि इस्माइला सारले दुई गोल फर्काए। उनले ५१औँ मिनेटमा पहिलो गोल गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए भने इन्जुरी समयमा दोस्रो गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

पहिलो खेलमा नर्वेले इराकलाई ४–१ ले पराजित गरेको थियो। सेनेगल भने पहिलो खेलमा फ्रान्ससँग ३–१ ले पराजित भएको थियो। लगातार दोस्रो जितसँगै नर्वेले ६ अंक जोड्दै समूहबाट नकआउट चरणमा पुगेको छ भने सेनेगल लगातार दोस्रो हारपछि प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077