Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

क्रोएसियाको पहिलो जित, पानामा बाहिरियो

क्रोएसियाको पहिलो जित, पानामा बाहिरियो

बुधवार , आषाढ १०, २०८३

काठमाडौं । क्रोएसियाले फिफा विश्वकपमा पहिलो जित दर्ता गर्दै नकआउट चरणको सम्भावना बलियो बनाएको छ। समूह 'एल' अन्तर्गत भएको खेलमा क्रोएसियाले पानामालाई १–० ले पराजित गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा निर्णायक गोल दोस्रो हाफमा आयो। खेलको ५३औँ मिनेटमा एन्ते बुदिमिरले जोसिप स्टानिसिकको उत्कृष्ट पासलाई सदुपयोग गर्दै गोल गरे। त्यही गोल नै क्रोएसियाको जितका लागि पर्याप्त बन्यो।

यस जितसँगै क्रोएसियाले प्रतियोगितामा पहिलो तीन अंक जोडेको छ। पहिलो खेलमा इंग्ल्याण्डसँग ४–२ ले पराजित भएको क्रोएसियाले दोस्रो खेलमा प्रभावशाली पुनरागमन गर्दै समूहमा आफ्नो चुनौती कायम राखेको हो।

यता, पानामाले भने लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा घानासँग १–० ले पराजित भएको पानामा दोस्रो खेलमा पनि अंक जोड्न असफल रह्यो। लगातार दुई हारसँगै पानामाको नकआउट चरण पुग्ने सम्भावना कठिन बनेको छ।

क्रोएसियाको अनुशासित रक्षापंक्ति र बुदिमिरको निर्णायक गोलले टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाएको हो। अब समूह 'एल' का बाँकी खेलहरूले दुवै टोलीको आगामी यात्रा तय गर्नेछन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077