Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

बिहिवार , आषाढ ११, २०८३

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी भएका छन्।

त्यस अवसरमा नेपालका लागि रुसी राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभले असंलग्नता तथा पञ्चशीलका सिद्धान्तमा आधारित नेपालको सार्वभौम परराष्ट्र नीतिलाई रुसले सधैँ उच्च मूल्याङ्कन गर्दै आएको बताएका छन‍् ।

नेपाल–रुस सुमधुर सम्बन्धका बारेमा चर्चा गर्दै उनले आगामी साउन ४ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पूरा हुने बताए।

ुनेपाल र रुसबीचको द्विपक्षीय सम्बन्धका सन्दर्भमा यो वर्ष हाम्रो लागि विशेष छ । 

राजदूत सुरोभ्त्सेभले नेपाल र रुसबीच पारस्परिक विश्वास र समझदारीमा आधारित लामो तथा मैत्रीपूर्ण सम्बन्ध रहेको बताए। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077