चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि मतदान प्रक्रिया जारी छ ।
बुधबार राति १०ः३० बजेदेखि सुरु हुने भनिएको मतदान झण्डै दुई घण्टा ढिलो गरी राति १२ः ३५ बजेदेखि सुरु भएको हो ।
निर्वाचन आयोगका अनुसार ९९ जना केन्द्रीय सदस्यका लागि मतदान जारी छ । । मतदान प्रक्रिया आज बिहान १२ बजेसम्म जारी रहनेछ ।
मतदान सम्पन्न भएको दुई घण्टाभित्रै निर्वाचनको परिणाम सार्वजनिक गरिने आयोगले जनाएको छ ।