Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

रास्वपा महाधिवेशन : आधाभन्दा बढी मत खस्यो, मतदान समय दिउँसो १२ बजेसम्म

रास्वपा महाधिवेशन : आधाभन्दा बढी मत खस्यो, मतदान समय दिउँसो १२ बजेसम्म

बिहिवार , आषाढ ११, २०८३

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचनमा आधाभन्दा बढी मत खसेको छ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार बिहीबार बिहान ८ बजेसम्म कुल करिब ४ हजार महाधिवेशन प्रतिनिधिमध्ये २१ सय जनाले मतदान गरिसकेका छन् ।

रास्वपाको ९९ सदस्यीय केन्द्रीय समितिका लागि २०४ जना उम्मेदवार चुनावी मैदानमा छन्। बुधबार मध्यराति १२ बजेदेखि विद्युतीय (इलेक्ट्रोनिक) प्रणालीमार्फत मतदान सुरु भएको हो।

प्रतिनिधिको ठूलो सहभागिताका कारण मतदान सम्पन्न हुन अपेक्षाभन्दा बढी समय लागेपछि निर्वाचन आयोगले मतदानको समय थप गर्ने निर्णय गरेको छ। अब प्रतिनिधिहरूले दिउँसो १२ बजेसम्म आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन्।

निर्वाचन आयोगका अनुसार मतदान सकिएलगत्तै मतगणना प्रक्रिया सुरु हुनेछ र सम्भव भएसम्म छिट्टै अन्तिम परिणाम सार्वजनिक गरिनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077