Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

विश्वकपमा मेक्सिकोको दबदबा, चेक रिपब्लिकलाई ३–० ले हराउँदै समूह ‘ए’को विजेता

विश्वकपमा मेक्सिकोको दबदबा, चेक रिपब्लिकलाई ३–० ले हराउँदै समूह ‘ए’को विजेता

बिहिवार , आषाढ ११, २०८३

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ मा मेक्सिकोले शतप्रतिशत जितको शानदार यात्रालाई निरन्तरता दिँदै समूह विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न समूह चरणको अन्तिम खेलमा मेक्सिकोले चेक रिपब्लिकलाई ३–० गोल अन्तरले पराजित गर्दै तीनै खेलमा जित निकाल्यो। घरेलु समर्थकमाझ मेक्सिको सिटी रंगशालामा भएको खेलमा मेक्सिकोले दोस्रो हाफमा आक्रामक प्रदर्शन गर्दै सहज जित हात पारेको हो।

मेक्सिकोका लागि माटेओ चाभेजले ५५औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि जुलियन क्विनोनेसले ६१औँ मिनेटमा अर्को गोल थपे। इन्जुरी समयमा अल्भारो फिडाल्गोले ९०ं४औँ मिनेटमा गोल गर्दै मेक्सिकोको शानदार जित सुनिश्चित गरे।

यससँगै मेक्सिकोले तीन खेलबाट शतप्रतिशत जितसहित ९ अंक जोड्दै समूह ‘ए’को शीर्ष स्थान कब्जा गर्‍यो। उत्कृष्ट लयमा रहेको मेक्सिको अब उपाधि दाबेदार टोलीमध्ये एकका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।

यता, चेक रिपब्लिकले भने समूह चरणमा निराशाजनक प्रदर्शन गर्‍यो। तीन खेलमध्ये एक बराबरी र दुई हार बेहोरेको टोली केवल १ अंकसहित तालिकाको पुछारमा रहँदै विश्वकपबाट बाहिरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077