काठमाडौं । व्यवसायी अजेयराज सुमार्गीको राहदानी (पासपोर्ट) रोक्का गरिएको छ ।
स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा अध्यागमन विभागले गत मंगलबारदेखि उनको राहदानी रोक्का गरिएको हो । उनी मुक्ति श्री सिमेन्ट इण्डष्ट्रिज प्रालिका अध्यक्ष हुन् ।
सुमार्गीविरुद्ध परेको सम्पत्ति शुद्धीकरणसम्बन्धी उजुरीमाथि विभागले केही समयअघि अनुसन्धान थालेको भए पनि उक्त प्रक्रिया बीचमै रोकिएको थियो ।
अहिले पुनः अनुसन्धान अघि बढाइएपछि विदेश यात्रा रोक्ने उद्देश्यले उनको राहदानी रोक्का गरिएको स्रोतले बताएको छ ।