Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

रास्वपाको खुला केन्द्रीय सदस्यमा स्वर्णिम वाग्लेलाई सर्वाधिक मत, सोविता दोस्रो [मतपरिणामसहित]

रास्वपाको खुला केन्द्रीय सदस्यमा स्वर्णिम वाग्लेलाई सर्वाधिक मत, सोविता दोस्रो [मतपरिणामसहित]

बिहिवार , आषाढ ११, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला केन्द्रीय सदस्य पदको निर्वाचनमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित भएका छन्।

पार्टीको महाधिवेशनअन्तर्गत सम्पन्न मतदानमा वाग्लेले २ हजार ६ सय ७ मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेका हुन्।

उनलाई निकटतम प्रतिस्पर्धी सोविता गौतमले २ हजार ५ सय ९४ मतसहित पछ्याइन्। यस्तै, शिशिर खनालले २ हजार ४ सय ९५, सागर ढकालले २ हजार ३ सय ३३, तोसिमा कार्कीले २ हजार २ सय ५७ र रञ्जु दर्शनाले २ हजार २ सय ४९ मत प्राप्त गरेका छन्।

त्यसैगरी मनिष झाले २ हजार २ सय ३७, हरि ढकालले २ हजार २ सय १९, कविन्द्र बुर्लाकोटीले २ हजार १ सय ८४, विपिन आचार्यले २ हजार १ सय २६ र रमेश प्रसाईंले २ हजार १ सय २३ मत प्राप्त गरेका छन्।

खुला समूहमा ३५ केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनमा पार्टीका चर्चित नेताहरूबीच कडा प्रतिस्पर्धा देखिएको थियो ।

यी हुन् सर्वाधिक मत ल्याएका ३५ जना 

१. डा. स्वर्णिम वाग्ले– २६०७
२. सोविता गौतम– २५९४
३. शिशिर खनाल– २४९५
४. सागर ढकाल– २३३३
५.तोसिमा कार्की– २२५७
६. रञ्जु दर्शना– २२४९
७. मनिष झा– २२३७
८. हरि ढकाल– २२१९
९. कविन्द्र बुर्लाकोटी– २१८४
१०.विपिन आचार्य– २१२६
११. रमेश प्रसाईं– २१२३
१२. बिराजभक्त श्रेष्ठ– २०९४
१३. निशा डाँगी– २०८९
१४. इन्दिरा रानामगर– २०४७
१५. गणेश पराजुली– २०४५
१६. जगदिश खरेल– (ललितपुर) २०४४
१७. पुकार बम– २०३०
१८. यज्ञमणि न्यौपाने– १९६९
१९. प्रमोद न्यौपाने– १८९२
२०. सस्मित पोखरेल– १८३३
२१. राजुनाथ पाण्डे– १८१२
२२. रीमा विश्वकर्मा– १८१०
२३. असीम साह– १७२८
२४. खगेन्द्र सुनार– १७०८
२५. राजीव खत्री– १७०१
२६. समिक्षा बास्कोटा– १६९९
२७. गणेश कार्की– १६९३
२८. जगदिश खरेल (दोलखा)– १५१३
२९. लिमा अधिकारी– १५०४
३०. टीका संग्रौला– १४९०
३१. शंकर श्रेष्ठ– १४८४
३२. क्रान्तिशीखा धिताल– १४७९
३३. आशिका तामाङ– १४३०
३४. सुदीप ढकाल– १४२९
३५. अनुष्का श्रेष्ठ– १३५३

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077