Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

शुक्रवार , आषाढ १२, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनअन्तर्गत उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।

पुरुषतर्फ उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले निर्विरोध भएका हुन् ।

श्रेष्ठले वाग्लेको प्रस्तावकसमेत बनेका छन् । पार्टी विधानअनुसार एक सभापति, महिलासहित दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि निर्वाचन हुने व्यवस्था छ ।

यसअघि सभापति पदमा रवि लामिछाने पनि निर्विरोध निर्वाचित भइसकेका छन् । अन्य पदमा पनि सहमतिको प्रयास भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077