Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमबाट हेमराज थापासहित पाँचजना निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमबाट हेमराज थापासहित पाँचजना निर्वाचित

शुक्रवार , आषाढ १२, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट पाँचजना निर्वाचित भएका छन् ।

सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार हेमराज थापा, केपी खनाल, दीपकराज बोहरा, जानीका जोशी र चन्द्रा ऐर ‘चाँदनी’ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

रास्वपाको निर्वाचन आयोगले शुक्रबार राति सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार प्रदेशतर्फ हेमराज थापा सर्वाधिक २ हजार ७३ मत प्राप्त गर्दै सुदूरपश्चिमबाट शीर्ष स्थानमा निर्वाचित भए।

त्यसपछि केपी खनालले १ हजार ८८३ मत प्राप्त गर्दै विजयी बने। यस्तै, दीपकराज बोहराले १ हजार ४९१ मत, जानीका जोशीले १ हजार १४८ मत र चन्द्रा ऐर ‘चाँदनी’ले १ हजार १४६ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा स्थान सुरक्षित गरे।

रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट विभिन्न प्रदेश तथा समावेशी क्लस्टरका प्रतिनिधिहरू केन्द्रीय समितिमा निर्वाचित भइरहेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077