Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

लागूऔषधको ‘सप्लाई चेन’ नै तोड्छौँ, जरैदेखि निर्मूल पार्न प्रहरी खटाउँछौँ : गृहमन्त्री गुरुङ

लागूऔषधको ‘सप्लाई चेन’ नै तोड्छौँ, जरैदेखि निर्मूल पार्न प्रहरी खटाउँछौँ : गृहमन्त्री गुरुङ

शुक्रवार , आषाढ १२, २०८३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले लागूऔषधको अवैध ओसारपसार र दुर्व्यसन नियन्त्रणका लागि अब औपचारिक कार्यक्रमभन्दा परिणाममुखी अभियान सञ्चालन गरिने बताएका छन्।

उनले लागूऔषधको आपूर्ति सञ्जाल (सप्लाई चेन) नै ध्वस्त पार्ने गरी सरकारले आक्रामक रणनीति अपनाउने स्पष्ट पारे।

अन्तर्राष्ट्रिय लागूऔषध नियन्त्रण तथा अवैध ओसारपसारविरुद्धको दिवस (जुन २६) का अवसरमा शुक्रबार जारी सन्देशमा गृहमन्त्री गुरुङले लागूऔषधको समस्या जरैदेखि अन्त्य गर्न प्रहरी प्रशासनलाई स्रोतसम्म पुगेर नियन्त्रण अभियान प्रभावकारी बनाउन निर्देशन दिएका हुन्।

उनले सन्देशमा भनेका छन्, ‘क्षणिक मनोरञ्जनका लागि प्रयोग गरिने लागूऔषधको कुलतबाट समाजलाई जोगाउन यसको सप्लाई चेन नै तोड्न जरुरी छ। त्यसका लागि प्रहरी प्रशासनलाई जरैसम्म पुगेर नियन्त्रण गर्न सक्रिय हुन निर्देशन दिइएको छ।’

गृहमन्त्री गुरुङले लागूऔषधको अवैध ओसारपसार सामाजिक विकृतिमात्र नभई राष्ट्रिय सुरक्षा, जनस्वास्थ्य र अर्थतन्त्रमा गम्भीर असर पार्ने सीमा–पार सङ्गठित अपराधका रूपमा विकसित हुँदै गएको उल्लेख गरेका छन्।

विभिन्न अध्ययन तथा प्रतिवेदनले लागूऔषध ओसारपसारको दर निरन्तर बढिरहेको देखाएकाले सरकारले यसलाई उच्च प्राथमिकतामा राखेर नियन्त्रण अभियान अघि बढाएको उनले बताएका छन्।

मन्त्रालयले लागूऔषध नियन्त्रण सरकारको एकल प्रयासबाट मात्र सम्भव नहुने भन्दै स्थानीय समुदाय, विद्यालय, टोल विकास संस्था, युवा क्लब, आमा समूह, नागरिक समाज तथा सञ्चारमाध्यमलाई सक्रिय साझेदार बन्न आह्वान गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077