Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुधन गुरुङमाथिको छानबिन सकियो, प्रतिवेदन एक-दुई दिनमै सरकारलाई बुझाइने

सुधन गुरुङमाथिको छानबिन सकियो, प्रतिवेदन एक-दुई दिनमै सरकारलाई बुझाइने

सोमवार , जेठ १८, २०८३

काठमाडौं । पूर्वगृहमन्त्री तथा सांसद सुधन गुरुङमाथि गठित सरकारी छानबिन समितिले अनुसन्धान कार्य सम्पन्न गरेको छ ।

समितिले अहिले प्रतिवेदन लेखनको अन्तिम चरणमा काम गरिरहेको र एक(दुई दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको हो । 

समितिका सदस्य–सचिव तथा प्रवक्ता अच्युतमणि नेउपानेका अनुसार अनुसन्धान प्रक्रिया पूरा भइसकेको छ । अहिले प्रतिवेदन तयार गर्ने काम तीव्र रूपमा भइरहेको उनले बताए । एक/दुई दिनभित्रै प्रतिवेदन बुझाउने तयारी रहेको उनको भनाइ छ ।

मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको निर्णयअनुसार उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा छानबिन समिति गठन गरिएको थियो। 

समितिले जेठ ४ गतेदेखि गुरुङको सम्पत्ति, आयस्रोत, कर विवरण तथा अन्य आर्थिक गतिविधिको अध्ययन थालेको थियो। १५ दिनको कार्यादेश पाएको समितिको म्याद जेठ १९ गते मंगलबार समाप्त हुँदैछ।

पूर्वगृहमन्त्री गुरुङमाथि अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेपछि सरकारले छानबिन प्रक्रिया अघि बढाएको थियो ।

विशेषगरी जेनजी आन्दोलनपछि गरिएको शेयर कारोबार र जग्गा खरिदबिक्री शंकास्पद देखिएको, साथै निर्वाचन आयोगमा पेश गरिएको सम्पत्ति विवरण र गृहमन्त्री बनेपछि बुझाइएको विवरणबीच उल्लेखनीय अन्तर भेटिएको आरोप सार्वजनिक भएको थियो।

यसबाहेक, सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा रहेका बिचौलिया दीपक भट्टसँग गुरुङको व्यावसायिक साझेदारी रहेको तथ्य बाहिरिएपछि उनीमाथिको अनुसन्धान थप गम्भीर बनेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077