Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

रास्वपा नेता शिशिर खनाल भन्छन्- घोषणापत्र कार्यान्वयन गर्न कुनै एक दललाई स्पष्ट बहुमत दिनुस्

रास्वपा नेता शिशिर खनाल भन्छन्- घोषणापत्र कार्यान्वयन गर्न कुनै एक दललाई स्पष्ट बहुमत दिनुस्

आइतवार , माघ १८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा पूर्व शिक्षामन्त्री शिशिर खनालले नेपालको संसदीय व्यवस्थामा राजनीतिक दलहरूले ल्याउने घोषणापत्र कार्यान्वयन गर्न मतदाताले कुनै एक दललाई स्पष्ट बहुमत दिनुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित एक कार्यक्रममा बोल्दै नेता खनालले सरकारमा रहेको दल वा बहुमत प्राप्त गठबन्धनले मात्र घोषणापत्रका प्रतिबद्धताहरू पूरा गर्न सक्ने बताएका हुन् ।

उनले मिश्रित म्याण्डेटको परिस्थितिमा बहुदलीय गठबन्धन सरकार बन्ने हो भने घोषणापत्र कार्यान्वयनमा समस्या हुने उल्लेख गरे ।

खनालले भने- 'हामी संसदीय व्यवस्थामा छौँ । संसदीय व्यवस्थामा दलले ल्याएका घोषणापत्र वा गर्छु भनेका कार्यक्रमहरू त्यत्तिबेला मात्रै लागू हुन्छन्, जतिबेला उ सत्ता वा सरकारमा रहन्छ। नेपालको संसदीय अभ्यास एकदमै कार्यपालिकामुखी छ। कानुन निर्माणका सबै प्रक्रियाहरू मन्त्रालयबाट सुरु हुन्छन् र संसदमा आएपछि परिमार्जनको प्रयास त हुन्छ तर बहुमत प्राप्त दल वा बहुमत प्राप्त सांसदको नेता नै प्रधानमन्त्री बन्छन्, त्यसैले सरकारले चाहेजस्तो कानुन बन्छ ।'

राजनीतिक दलले ल्याएको घोषणा पत्र कार्यान्वयन हुन एउटै दलको बहुमत आउनुपर्ने उनले बताए ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077