Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

डेम्बेलेको ह्याट्रिकमा नर्वेमाथि फ्रान्सको शानदार जित

डेम्बेलेको ह्याट्रिकमा नर्वेमाथि फ्रान्सको शानदार जित

शनिवार , आषाढ १३, २०८३

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘आई’ को अन्तिम खेलमा फ्रान्सले नर्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको छ ।

यससँगै फ्रान्स शतप्रतिशत नतिजासहित समूह विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।

बोस्टन रंगशालामा गएराति सम्पन्न खेलमा फ्रान्सका स्टार फरवार्ड ओस्मान डेम्बेले नायक बने। उनले पहिलो हाफमै ह्याट्रिक पूरा गर्दै टोलीको जित सुनिश्चित गरे।

फ्रान्सका कप्तान किलियन एम्बाप्पेले डेम्बेलेका पहिलो दुई गोलका लागि उत्कृष्ट असिस्ट प्रदान गरेका थिए।

खेलको सातौँ मिनेटमै डेम्बेलेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसपछि २०औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल थपे।

फ्रान्सले लगातार दुई गोल गरेपछि नर्वेले २१औँ मिनेटमा थेलो आसगर्डमार्फत एक गोल फर्काउँदै खेलमा फर्किने संकेत दिएको थियो। तर डेम्बेलेले ३२औँ मिनेटमा पुनः गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र फ्रान्सको अग्रता ३–१ मा पुर्‍याए।

इन्जुरी समयमा डेसाइर डोउले थप एक गोल गर्दै फ्रान्सको ४–१ को प्रभावशाली जित पक्का गरे।

लगातार तीन खेलमा जित निकाल्दै फ्रान्स समूह ‘आई’ को शीर्ष टोली बनेको छ भने दुई खेलमा जित र एकमा हार व्योहरेको नर्वे ६ अंकसहित दोस्रो स्थानमा छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077