Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

नकआउटमा पुगेको अमेरिका टर्कीसँग ३-२ गोल अन्तरले पराजित

नकआउटमा पुगेको अमेरिका टर्कीसँग ३-२ गोल अन्तरले पराजित

शुक्रवार , आषाढ १२, २०८३

एजेन्सी । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को अन्तिम खेलमा टर्कीले समूह विजेता अमेरिकालाई ३-२ ले पराजित गरेको छ।

लस एन्जलस स्टेडियममा आज रोमाञ्चक खेलमा कान आयहानले इन्जुरी समयको आठौं मिनेटमा विजयी गोल गर्दै टर्कीलाई सान्त्वना जित दिलाएका हुन्। 

यसअघि नै समूह चरणबाट बाहिरिसकेको टर्कीले निराशाजनक अभियानको सुखद अन्त्य गरेको हो।

यसअघि अष्ट्रेलियालाई हराएर अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेको अमेरिकाले समूह शीर्ष स्थान निश्चित गरिसकेकाले प्रशिक्षक माउरिसियो पोचेट्टिनोले सुरुआती टोलीमा ९ परिवर्तन गरेका थिए।

यसको फाइदा अमेरिकाले खेलको तेस्रो मिनेटमै उठायो। सेबास्टियन बेहाल्टरको कर्नरमा अस्टन ट्रष्टीले उत्कृष्ट फिनिस गर्दै अमेरिकालाई  अग्रता दिलाए।

तर टर्कीले ७ मिनेटपछि नै खेल बराबरीमा ल्यायो। अर्दा गुलरले बारिस यिलमाजसँग पास आदानप्रदान गर्दै अमेरिकी रक्षापंक्ति तोडे र गोल गर्दै विश्वकपमा गोल गर्ने टर्कीका सबैभन्दा कान्छा खेलाडी बने।

अमेरिकी रक्षापंक्ति लगातार दबाबमा परिरहँदा ३१औँ मिनेटमा एरेन एलमालीको पासमा बारिस यिलमाजले गोल गर्दै टर्कीलाई २-१ को अग्रता दिलाए।

४९औँ मिनेटमा भने अमेरिकाले पुनः खेल बराबरीमा ल्यायो। यसअघि एक गोलका लागि अवसर सिर्जना गरेका बेहाल्टरले पेनाल्टी क्षेत्रबाहिरबाट शक्तिशाली प्रहारमा गोल गर्दै खेललाई बराबरी गरे ।

त्यसपछि प्रशिक्षक पोचेट्टिनोले क्रिस्टियन पुलिसिकसहित प्रमुख खेलाडीलाई मैदानमा उतारे पनि निर्णायक गोल टर्कीले नै गर्‍यो। इन्जुरी समयको आठौँ मिनेटमा कान आयहानले गोल गर्दै टर्कीलाई जित दिलाए।

यद्यपि हारका बाबजुद अमेरिका ६ अंकसहित समूह ‘डी’को विजेता बन्दै अन्तिम ३२ मा प्रवेश गरिसकेको छ। अष्ट्रेलिया ४ अंकसहित दोस्रो स्थानमा रह्यो। पाराग्वे पनि ४ अंकमा रहे पनि गोलअन्तरमा तेस्रो भयो ।  टर्कि ३ अंकसहित चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077