Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

बुर्लाकोटीले पनि फिर्ता लिए महामन्त्रीको उम्मेदवारी, अब ८ जनाबीच हुँदैछ प्रतिस्पर्धा

बुर्लाकोटीले पनि फिर्ता लिए महामन्त्रीको उम्मेदवारी, अब ८ जनाबीच हुँदैछ प्रतिस्पर्धा

शुक्रवार , आषाढ १२, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदबाट कवीन्द्र बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिएका छन् ।

केन्द्रीय सदस्य निर्वाचित भएसँगै उनले महामन्त्रीमा उम्मेदवारी दिएका थिए।

तर, निवर्तमान महामन्त्रीसमेत रहेका बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिएसँगै अब ८ जनाबीच महामन्त्री पदका लागि प्रतिस्पर्धा हुनेछ ।


यसअघि जगदीश खरेलले पनि महामन्त्रीको उम्मेदवारी फिर्ता लिएका थिए । 

त्यसअघि शिशिर खनालले पनि महामन्त्री पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएका थिए। 

अब महामन्त्रीमा मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे र विपिनकुमार आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ । 

रास्वपाको पहिलो महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा जारी छ ।

पहिलो चरणको निर्वाचनको परिणाम सार्वजनिक भएपछि बाँकी पदाधिकारी चयनका लागि दोस्रो चरणको लागि आज मतदान हुँदैछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077