Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रास्वपाले फागुन ७ गते आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने

रास्वपाले फागुन ७ गते आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने

शुक्रवार , फाल्गुण १, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन ७ गते आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको छ। 

फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका तयारीका क्रममा पार्टीले सो मितिमा घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी गराएका हुन्।

महामन्त्री बुर्लाकोटीले भने, “फागुन ७ गते हाम्रो वाचापत्र सार्वजनिक हुने छ र त्यसअनुसार पार्टीले तयारी पूरा गरिसकेको छ।”

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र घोषणापत्र वा वाचापत्र सार्वजनिक गर्न सूचना जारी गरेको थियो। 

तर, अहिलेसम्म केही प्रमुख दलहरूले आफ्नो वाचापत्र सार्वजनिक गरिसकेका छन्।

यसअघि नेकपा एमालेका सचिव डा।भीष्म अधिकारीले पनि घोषणापत्रको मस्यौदा अध्ययन गर्न लागेककोले फागुन ३ गतेपछि मात्रै चुनावी घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिएका थिए । 

यस्तै अर्को ठुलो दल नेपाली कांग्रेसले भने फागुन २ गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077