Jul 07 2026 | २०८३, आषाढ २३ गते

07 Jul 2026 | मंगलवार, आषाढ २३ गते २०८३

मंगलवार, आषाढ २३ गते २०८३
images
images

सरकार असक्षम भएको रास्वपा सचेतक धितालको आरोप

सरकार असक्षम भएको रास्वपा सचेतक धितालको आरोप

सोमवार , आषाढ २२, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संसदीय दल सचेतक क्रान्तिशिखा धितालले सुकुम्बासी व्यवस्थापनमा सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाएकी छन्।

सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै धितालले राज्यका निकायले सुकुम्बासीको समस्या संवेदनशील ढंगले सम्बोधन गर्न नसकेको बताएकी हुन्। उनले सरकार आफ्नै वाचापत्रअनुसार अघि बढ्न नसकेको टिप्पणी पनि गरेकी छन्।

‘आज सडकमा बगिरहेका सुकुम्बासीका आँसुले हामी सबैलाई पोल्नुपर्छ,’ उनले लेखेकी छन्। ‘सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो। तर, के यो हाम्रो वाचापत्रअनुसार भयो? के अभिभावकीय राज्य यस्तै हुन्छ?’

धितालले सुकुम्बासी व्यवस्थापन जस्तो संवेदनशील विषयमा सरकारले आवश्यक योजना, जिम्मेवारी र मानवीय दृष्टिकोणका साथ काम गर्न नसकेको आरोप लगाइन्।

‘जुन संवेदनशीलता, योजना र जिम्मेवारीका साथ यो कार्य अघि बढाइनुपर्थ्यो, त्यसरी भएन,’ उनले भनेकी छन्। ‘यसले जम्माजम्मी राज्यको कमजोरी र असक्षमतालाई मात्र उजागर गर्‍यो।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077