Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्यको शपथ आज

रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्यको शपथ आज

बुधवार , आषाढ १७, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथग्रहण आज हुने भएको छ।

पार्टीका अनुसार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे शपथग्रहण कार्यक्रम आयोजना गरिएको छ। शपथसँगै महाधिवेशनबाट निर्वाचित नेतृत्वले औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछ।

रास्वपाको पहिलो महाधिवेशन असार ७ गतेदेखि सुरु भएको थियो। नेतृत्व चयनमा सहमतिको प्रयास र आन्तरिक छलफलका कारण निर्धारित कार्यतालिका लम्बिँदा महाधिवेशन ६ दिनपछि सम्पन्न भएको थियो।

महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। पार्टी विधानअनुसार केन्द्रीय समितिमा थप ५१ जना सदस्य सभापतिले मनोनीत गर्ने व्यवस्था रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077