Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

रास्वपा पदाधिकारीमा निर्वाचित कसले कति ल्याए मत ?

रास्वपा पदाधिकारीमा निर्वाचित कसले कति ल्याए मत ?

शुक्रवार , आषाढ १२, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको छ। चितवनमा शुक्रबार सम्पन्न निर्वाचनबाट पार्टीको महिला उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन्।

गौतमले ७८९ मत प्राप्त गर्दै प्रतिस्पर्धी तोसिमा कार्कीलाई पराजित गरिन्। कार्कीले ५७२ मत प्राप्त गरेकी थिइन्।

यससँगै गौतम रास्वपाको महिला उपसभापतिको जिम्मेवारीमा निर्वाचित भएकी छन्।

यस्तै, महामन्त्री पदमा विपिनकुमार आचार्य विजयी भएका छन्। आचार्यले ६७३ मत प्राप्त गर्दै मनिष झा, सागर ढकाल र गणेश कार्कीलाई पछि पारे।

उनका निकटतम प्रतिस्पर्धी मनिष झाले ३४६ मत प्राप्त गरेका थिए।

सहमहामन्त्रीतर्फ खुलाबाट हरि ढकाल र असीम शाह तथा महिलातर्फ निशा डाँगी निर्वाचित भएका छन्।

हरि ढकालले ४१०, असीम शाहले ४७१ र निशा डाँगीले ७३७ मत प्राप्त गर्दै विजयी भएका हुन्।

यसअघि नै पार्टी सभापतिमा रवि लामिछाने तथा खुला उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077