Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

रास्वपा सहमहामन्त्रीमा कमेडियन हिमेश पन्तको हार, ५३ मतमै सीमित

रास्वपा सहमहामन्त्रीमा कमेडियन हिमेश पन्तको हार, ५३ मतमै सीमित

शुक्रवार , आषाढ १२, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको निर्वाचनमा कमेडियन हिमेश पन्तले अपेक्षाभन्दा निकै कमजोर मत प्राप्त गरेका छन् ।

यसअघि केन्द्रीय सदस्यमा निर्वाचित भएका पन्त सहमहामन्त्रीको दौडमा भने सफल हुन सकेनन् ।

सहमहामन्त्रीका दुई खुला पदका लागि भएको प्रतिस्पर्धामा ११ जना उम्मेदवार मैदानमा उत्रिएका थिए । अन्तिम मतपरिणामअनुसार पन्तले जम्मा ५३ मत प्राप्त गर्दै सबै उम्मेदवारमध्ये सबैभन्दा कम मत ल्याए । 

महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुन सफल भएका हिमेश पन्त सहमहामन्त्री पदमा भने पार्टी प्रतिनिधिहरूको विश्वास जित्न असफल भए ।

निर्वाचनमा असिम शाहले ४७१ मत र हरि ढकालले ४१० मत प्राप्त गर्दै सहमहामन्त्रीमा विजयी भए । दुवै यसअघि रास्वपाको केन्द्रीय सचिवालयमा सक्रिय थिए।

शाह हाल काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका राजनीतिक सल्लाहकार तथा संविधान संशोधनसम्बन्धी कार्यदलका संयोजकसमेत हुन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077