काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि लामिछानेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
शुक्रबार आयोजित कार्यक्रममा रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले लामिछानेलाई शपथ गराएका हुन्।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनबाट लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका थिए।
शपथसँगै उनले आगामी कार्यकालका लागि पार्टीको नेतृत्व औपचारिक रूपमा सम्हालेका छन्।