काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण आजै हुने भएको छ ।
शुक्रबार साँझ साढे ६ बजे पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको शपथग्रहण हुने रास्वपाको केन्द्रीय निर्वाचन समितिले जानकारी गराएको छ ।
'सबै निर्वाचित पधादिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आजै साँझ ६ः३० बजे हुने कुरा सबैमा जानकारीको लागी अनुरोध छ । स्थानः महाधिवेशन कार्यक्रम स्थलको हल,' समितिद्धारा जारी सूचनामा भनिएको छ ।
अहिले रास्वपाको ५ पदाधिकारी चयनका लागि मतदान भइरहेको छ ।
यसअघि बिहीबार राति पहिलो चरणको निर्वाचनबाट ९९ केन्द्रीय सदस्यहरु निर्वाचित भइसकेका छन् ।
यस्तै सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा वालेन्द्र शाह ‘बालेन’ तथा खुला तर्फको उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध भइसकेका छन् ।
असार ७ गतेबाट ९ गतेसम्मका लागि तोकिएको महाधिवेशन चितवनको भरतपुरमा आजसम्म जारी रहेको छ ।