Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

आईसीसी विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा

आईसीसी विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा

शुक्रवार , आषाढ १२, २०८३

काठमाडौं । आइसिसी विश्व कप लिग टु अन्तर्गत नेदरल्याण्ड्समा हुने सिरिजको लागि १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा टोलीको घोषणा गरेको हो। टोलीको  उपकप्तानमा दीपेन्द्र सिंह ऐरी र अन्य खेलाडीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन्। 

रिजर्भ खेलाडीमा सन्दीप जोरा, साहब अलाम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री रहेका छन्। 

यसअघि घरेलु मैदानमा भएको दुई सिरिजमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो। नेपालले २८ खेल खेलेर ११ खेलमा जित निकाल्दा १५ खेल हारेको छ।

२ खेलको नतिजा नआउँदा २४ अंक सहित नेपाल लिग टु अंक तालिकाको पाँचौ स्थानमा रहेको छ।  अमेरिका ४३ अंक सहित पहिलो र स्कटल्याण्ड ३८ अंक सहित दोस्रो स्थानमा छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077