Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वकप लिग–२ मा आज अमेरिकासँग खेल्दै नेपाल

विश्वकप लिग–२ मा आज अमेरिकासँग खेल्दै नेपाल

शनिवार , जेठ २, २०८३

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा शुरु हुँदैछ ।

नेपालमा भैरहेको लिग–टु एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन् । अंकतालिकामा नेपाल २५ खेलमा १८ अंकसहित सातौं स्थानमा छ ।

अमेरिका २५ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा छ । यो शृंखला अघि शीर्ष स्थानमा रहेको अमेरिका स्कटल्याण्डले लगातार दुई जित निकालेपछि दोस्रोमा झरेको हो । स्कटल्याण्ड ३० खेलमा ३८ अंक जोडेर शीर्षस्थानमा छ ।

कीर्तिपुरमा यसअघि मंगलबार र बिहीबार भएको खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान २ रनले हराएको थियो ।

नेपाल र अमेरिका अहिलेसम्म एकदिवसीय खेलमा ११ पटक खेलेका छन् । नेपाल ४ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । एउटा खेल टाई भएको थियो ।

नेपालले आफ्नो तेस्रो खेलमा जेठ ४ गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ ८ गते अमेरिकासँग खेल्नेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077