Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

विश्वविजेता स्पेनको अवार्डमा पनि दबदबा : रोड्री सर्वोत्कृष्ट खेलाडी हुँदा अरू अवार्ड क-कसले जिते ?

विश्वविजेता स्पेनको अवार्डमा पनि दबदबा : रोड्री सर्वोत्कृष्ट खेलाडी हुँदा अरू अवार्ड क-कसले जिते ?

सोमवार , श्रावण ४, २०८३

काठमाडौं । फिफा विश्वकप–२०२६ को उपाधिसँगै स्पेनले व्यक्तिगत अवार्डहरूमा पनि वर्चस्व कायम गरेको छ ।

अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गर्दै दोस्रोपटक विश्वकप जितेको स्पेनका तीन खेलाडीले प्रतिष्ठित व्यक्तिगत सम्मान हात पारेका छन् ।

स्पेनका कप्तान रोड्री प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल अवार्डबाट सम्मानित भएका छन् । फाइनलपछि सोमबार उनलाई उक्त अवार्ड प्रदान गरिएको हो। प्रतियोगिताभर उत्कृष्ट नेतृत्व, मिडफिल्डमा प्रभावशाली प्रदर्शन र निर्णायक भूमिकाका कारण उनले यो सम्मान जितेका हुन्।

रोड्रीको कप्तानीमा स्पेनले निकै प्रतिस्पर्धात्मक फाइनलमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै दोस्रो विश्वकप उपाधि आफ्नो नाममा लेखाएको थियो।

त्यसैगरी, स्पेनका युवा रक्षापंक्तिका खेलाडी पाउ क्युबार्सी प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी घोषित भए। उत्कृष्ट प्रदर्शनमार्फत उनले विश्व फुटबलमा आफ्नो उज्ज्वल भविष्यको संकेत दिएका छन्।

स्पेनका गोलरक्षक उनाई सिमोन ले प्रतियोगिताभर उत्कृष्ट गोलकिपिङ गर्दै गोल्डेन ग्लोभ अवार्ड जिते। निर्णायक खेलहरूमा गरेको उत्कृष्ट बचाउले स्पेनलाई विश्वविजेता बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077