Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

आईसीसी क्रिकेट विश्वकप लिग–२ः पहिलो खेलमा आज नेपाल नामिबियासँग भिड्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ः पहिलो खेलमा आज नेपाल नामिबियासँग भिड्दै

मंगलवार , श्रावण ५, २०८३

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि नेदरल्यान्ड्स पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार पहिलो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र नामिबियाको खेल आज दिउँसो २ः४५ बजे नेदरल्यान्ड्सको उट्रेख्त सहरको मैदानमा सुरु हुनेछ ।

नेदरल्यान्ड्समा आयोजना हुने यस शृङ्खलामा नेपालले आयोजक नेदरल्यान्ड्स र नामिबियासँग कुल चार खेल खेल्नेछ । आजको पहिलो खेल हो ।

विश्वकप लिग–२ को शीर्ष चारभित्र पर्ने सम्भावना जीवितै राख्न नेपालका लागि यो शृङ्खला महत्त्वपूर्ण मानिएको छ । नेपालले नामिबियासँग खेल्दै शृङ्खलाको सुरुवात गर्न लागेको हो । जुलाई २३ मा नेदरल्यान्ड्स, जुलाई २७ मा पुनः नामिबिया र जुलाई २९ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै नेपालले यो शृङ्खलाको समानप गर्नेछ ।

लिग–२ शृङ्खला अघि नेपाली टोलीले बेलायतमा विशेष तयारी गरेको थियो । त्यस क्रममा जर्सीविरुद्ध खेलिएका दुवै अभ्यास खेलमा जित हात पारेकाले नेपाली टोली उच्च मनोबलका साथ मैदानमा हुनेछ ।

हालसम्म लिग–२ मा २८ खेलबाट २४ अंक जोडेको नेपाल अंक तालिकाको पाँचौँ स्थानमा छ । अर्कोतर्फ २२ अंकसहित नामिबिया सातौँ र ३२ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छन् ।

शीर्ष स्थानको अमेरिकाले ४३ र दोस्रो स्थानको स्कटल्यान्डले ३८ अंक जोड्दा ओमान ३१ अंकसहित चौथो स्थानमा छ । ओमानलाई पछाडि पार्न नेपालले अब कम्तिमा चार खेल जित्नुपर्छ । क्यानडा २४ अंकसहित छैटौँ स्थानमा छ भने १४ अंक बनाएको युएई पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077