Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

लगातार दोस्रो विश्वकपमा गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे इतिहास

लगातार दोस्रो विश्वकपमा गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे इतिहास

सोमवार , श्रावण ४, २०८३

काठमाडौं । फ्रान्सका स्टार फरवार्ड केलियन एम्बाप्पेले फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्ता बन्दै लगातार दोस्रो पटक प्रतिष्ठित गोल्डेन बुट जितेर नयाँ इतिहास रचेका छन् ।

एम्बाप्पेले प्रतियोगिताका आठ खेलमा १० गोल गर्दै चार गोलका लागि असिस्ट पनि दिए। उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई दुई गोलले पछि पार्दै सर्वाधिक गोलकर्ताको सम्मान आफ्नो नाममा पारे ।

यससँगै एम्बाप्पे लगातार दुई विश्वकपमा गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन्। उनले यसअघि सन् २०२२ को विश्वकपमा पनि यही अवार्ड जितेका थिए।

विश्वकपभर एम्बाप्पेले सेनेगल, इराक, स्विडेन र इंग्ल्यान्डविरुद्ध दुई–दुई गोल गरे भने मोरक्को र पाराग्वेविरुद्ध एक–एक गोल गर्दै फ्रान्सको सफल यात्रामा निर्णायक भूमिका निर्वाह गरे।

विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिने गोल्डेन बुटको सुरुआत सन् १९८२ देखि भएको हो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077