Jul 13 2026 | २०८३, आषाढ २९ गते

13 Jul 2026 | सोमवार, आषाढ २९ गते २०८३

सोमवार, आषाढ २९ गते २०८३
images
images

विश्वकप सेमिफाइनल समीकरण पूरा, अब फ्रान्स–स्पेन र अर्जेन्टिना–इङ्ग्ल्यान्ड भिड्ने

विश्वकप सेमिफाइनल समीकरण पूरा, अब फ्रान्स–स्पेन र अर्जेन्टिना–इङ्ग्ल्यान्ड भिड्ने

आइतवार , आषाढ २८, २०८३

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तिम चरणमा प्रवेश गरेको छ। आइतबार सम्पन्न अन्तिम क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गरेसँगै सेमिफाइनल खेल्ने चारै टोलीको टुंगो लागेको हो।

यस संस्करणको सेमिफाइनलमा विश्व फुटबलका चार शक्तिशाली राष्ट्र—फिफा वरीयताका शीर्ष टोली फ्रान्स, स्पेन, अर्जेन्टिना र इङ्ग्ल्यान्डले स्थान बनाएका छन् । यसले उपाधि होडलाई अझ रोमाञ्चक बनाएको छ।

क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो। स्पेनले बेल्जियमलाई २–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्‍यो।

इङ्ग्ल्यान्डले जुड बेलिङ्घमको उत्कृष्ट प्रदर्शनमा नर्वेलाई २–१ ले हरायो भने साविक विजेता अर्जेन्टिनाले अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो।

अब पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन आमनेसामने हुनेछन् भने दोस्रो सेमिफाइनलमा विश्व फुटबलका दुई परम्परागत प्रतिद्वन्द्वी अर्जेन्टिना र इङ्ग्ल्यान्डबीच बहुप्रतीक्षित भिडन्त हुनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077