Jul 13 2026 | २०८३, आषाढ २९ गते

13 Jul 2026 | सोमवार, आषाढ २९ गते २०८३

सोमवार, आषाढ २९ गते २०८३
images
images

जुड बेलिंघम चम्किँदा इंग्ल्यान्ड सेमिफाइनलमा, नर्वे घर फर्कियो

जुड बेलिंघम चम्किँदा इंग्ल्यान्ड सेमिफाइनलमा, नर्वे घर फर्कियो

आइतवार , आषाढ २८, २०८३

काठमाडौं । जुड बेलिंघमको शानदार दोहोरो गोलको मद्दतमा इंग्ल्यान्डले नर्वेलाई २–१ ले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

रोमाञ्चक क्वार्टरफाइनल भिडन्तमा नर्वेले पहिलो अग्रता लिए पनि इंग्ल्यान्डले उत्कृष्ट पुनरागमन गर्दै अतिरिक्त समयमा जित निकाल्यो।

खेलको ३६औँ मिनेटमा एन्ड्रियस इस्लेअपले गोल गर्दै नर्वेलाई १–० को अग्रता दिलाएका थिए। तर पहिलो हाफको अन्त्यतिर जुड बेलिंघमले उत्कृष्ट फिनिसिङ गर्दै इंग्ल्यान्डलाई १–१ को बराबरीमा फर्काए।

दोस्रो हाफको ५४औँ मिनेटमा टोबजन हेगमले नर्वेका लागि गोल गरे पनि भिडियो सहायक रेफ्री ९ख्ब्च्० को परीक्षणपछि उक्त गोल रद्द गरियो। बल पेनाल्टी क्षेत्रभित्र पुग्नुअघि एर्लिङ हालाण्डले इंग्ल्यान्डका एक डिफेन्डरमाथि फाउल गरेको निष्कर्ष निकाल्दै रेफ्रीले गोललाई मान्यता दिएनन्।

निर्धारित ९० मिनेट र थप गरिएको सात मिनेटको इन्जुरी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

अतिरिक्त समयको ९३औँ मिनेटमा बेलिंघमले व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गर्दै इंग्ल्यान्डलाई २–१ को जित दिलाए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077