Jul 10 2026 | २०८३, आषाढ २६ गते

10 Jul 2026 | शुक्रवार, आषाढ २६ गते २०८३

शुक्रवार, आषाढ २६ गते २०८३
images
images

मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा

मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौं । फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै विश्वकप फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। मोरक्कोले बलियो रक्षात्मक प्रदर्शन गर्दै फ्रान्सलाई गोल गर्नबाट रोकेको थियो।

पहिलो हाफको २८औँ मिनेटमा मोरक्कोका नौसइर मजराउईले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो। तर स्टार फरवार्ड किलियन एम्बाप्पेको प्रहारलाई मोरक्कोका गोलरक्षक यासिन बोनु (बुनौ)ले उत्कृष्ट बचाउ गर्दै टोलीलाई संकटबाट जोगाएका थिए।

दोस्रो हाफमा भने फ्रान्सले आक्रामक खेल प्रस्तुत गर्‍यो। खेलको ६०औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई १–० को अग्रता दिलाए। उक्त गोलसँगै उनले विश्वकपमा आफ्नो व्यक्तिगत गोल संख्या २० पुर्‍याए।

त्यसको पाँच मिनेटपछि, ६५औँ मिनेटमा उस्मान डेम्बेलेले अर्को गोल थप्दै फ्रान्सको अग्रता २–० बनाए। त्यसपछि मोरक्कोले फर्कने प्रयास गरे पनि फ्रान्सको सुदृढ रक्षा पंक्ति तोड्न सकेन।

यस जितसँगै फ्रान्स विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077