काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत जारी क्वार्टरफाइनलमा स्विट्जरल्यान्डले अर्जेन्टिनाविरुद्ध शानदार पुनरागमन गर्दै खेललाई १–१ को बराबरीमा ल्याएको छ ।
अमेरिकाको कान्सास सिटी स्टेडियममा भइरहेको प्रतिस्पर्धामा पहिलो हाफमा अर्जेन्टिनाले १–० को अग्रता बनाएको थियो।
खेलको १०औँ मिनेटमा कप्तान लियोनल मेसीले लिएको कर्नरलाई एलेक्सिस म्याक एलिस्टरले आकर्षक हेडमार्फत गोलमा परिणत गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए।
तर दोस्रो हाफमा आक्रामक बनेको स्विट्जरल्यान्डले ६८औँ मिनेटमा बराबरी गोल फर्काउँदै खेललाई पुनः रोमाञ्चक बनायो।
७०औँ मिनेटसम्म खेल १–१ को बराबरीमा जारी रहेको छ र दुवै टोली सेमिफाइनल प्रवेशका लागि संघर्षरत छन्।
यस खेलको विजेताले सेमिफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।