Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

बेल्जियममाथि रोमाञ्चक जित निकाल्दै स्पेन सेमिफाइनलमा

बेल्जियममाथि रोमाञ्चक जित निकाल्दै स्पेन सेमिफाइनलमा

शनिवार , आषाढ २७, २०८३

काठमाडौं । स्पेनले बेल्जियमलाई २–१ ले पराजित गर्दै विश्वकप फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

अन्तिम समयको निर्णायक गोलसँगै स्पेनले रोमाञ्चक जित निकाल्दै उपाधि यात्रालाई निरन्तरता दिएको हो ।

खेलको ३०औँ मिनेटमा फाबियन रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। तर ४०औँ मिनेटमा बेल्जियमका चार्ल्स केट्लेरेले बराबरी गोल फर्काउँदै खेललाई १–१ को अवस्थामा पुर्‍याए। यससँगै स्पेनले जारी विश्वकपमा समूह चरणपछि पहिलो पटक गोल व्यहोरेको हो।

पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलमा दुवै टोलीले दोस्रो हाफभरि आक्रामक प्रदर्शन गरे। खेल अतिरिक्त समयमा धकेलिने संकेत देखिएको अवस्थामा ८८औँ मिनेटमा माइकल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई २–१ को जित दिलाए।

यस जितसँगै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । अब सेमिफाइनलमा स्पेनले फ्रान्ससँग खेल्नेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077