Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

बुधवार , आषाढ ३१, २०८३

काठमाडौं । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । फ्रान्सलाई २(० ले हराउँदै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा पुगेको हो । 

स्पेनको जितमा मिकेल ओर्याजबल र पेड्रो पोरोले गोल गरे । खेलको २१ औँ मिनेटमा फ्रान्सका लुकास डिग्नेले पेनाल्टी एरियामा लेमिन यामललाई फाउल गरेका थिए ।

त्यसपछि स्पेनले पेनाल्टीको मौका पाएको थियो । उक्त मौकाको सदुपयोग गर्दै ओर्याजबलले स्पेनलाई पहिलो अग्रता दिलाए ।

खेलको ५८ औँ मिनेटमा पेड्रो पोरोले गोल गर्दे अग्रता दोब्बर बनाए । खेलको ६१ औँ मिनेटमा लेमिन यामलले प्रहार गरेको बलले जाली चुमेको थियो । उनको अफसाइड पोजिसनका कारण उक्त गोलले मान्यता पाएन । 

फाइनलमा स्पेनले अर्जेन्टिना र इंग्ल्यान्डको खेलबाट तय हुने विजेताको समाना गर्नेछ । स्पेनले यसअघि सन् २०१० को संस्करणमा विश्वकपको उपाधि उचालेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077