Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

मैले पुग्यो नभनेसम्म इरानमाथि आक्रमण हुन्छ : ट्रम्प

मैले पुग्यो नभनेसम्म इरानमाथि आक्रमण हुन्छ : ट्रम्प

बुधवार , आषाढ ३१, २०८३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको अमेरिकी सैन्य आक्रमण आफूले ‘पर्याप्त भयो’ भन्ने निर्णय नगरेसम्म जारी रहने स्पष्ट चेतावनी दिएका छन् ।

फक्स न्युजको ‘स्पेसल रिपोर्ट’ कार्यक्रममा मंगलबार प्रसारित अन्तर्वार्तामा ट्रम्पले इरानको सैन्य क्षमता निकै कमजोर भइसकेको दाबी गर्दै अझै केही प्रतिरोध गर्ने क्षमता बाँकी रहे पनि त्यो धेरै नरहेको बताए।

अमेरिकी आक्रमण कहिलेसम्म जारी रहने भन्ने प्रश्नमा ट्रम्पले स्पष्ट शब्दमा भने, 'मैले पुग्यो नभनेसम्म आक्रमण जारी रहनेछ।'

ट्रम्पका अनुसार अमेरिका र इरानबीच मंगलबार वार्ताको प्रयास हुनेछ। तर, कुनै सहमति हुन नसके सैन्य कारबाही अझ तीव्र बनाइने उनले चेतावनी दिए।

उनले इरान वार्तामा नआए देशका विद्युत् उत्पादन केन्द्र, पुल तथा अन्य रणनीतिक पूर्वाधारहरू अमेरिकी आक्रमणको लक्ष्य बन्न सक्ने बताए।

'यदि उनीहरू वार्ताको टेबलमा आएनन् भने हामी उनीहरूका सबै पावर प्लान्टहरू ध्वस्त पार्नेछौँ। हामी उनीहरूका सबै पुलहरू भत्काइदिनेछौँ,' ट्रम्पले भने।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077