Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

ट्रम्पको चेतावनी - आज राति इरानमाथि भीषण हमला हुन्छ

ट्रम्पको चेतावनी - आज राति इरानमाथि भीषण हमला हुन्छ

बुधवार , आषाढ २४, २०८३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति इरानमाथि भीषण हमला गर्ने चेतावनी दिएका छन् ।

टर्कीमा भइरहेको नेटोको सम्मेलनका क्रममा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले यस्तो चेतावनी दिएका हुन् ।

ट्रम्पले भने, ‘म सानो चेतावनी दिन चाहन्छु, आज राति उनीहरू(इरान)माथि निकै कडा हमला गर्दैछौं ।’

ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँगको भेट वार्ताअघि यस्तो बताएका हुन् ।

आज नै ट्रम्पले इरानसँग छलफल गर्नु समयको बर्बादी भएको र अब कुनै पनि किसिमको वार्ता नै नगर्ने बताएका थिए ।

उता इरानले पनि अमेरिकी प्रतिरोधको डटेर सामना गर्ने बताएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077