Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

`बालेनको प्रहरी होइनौं´ भन्ने डीएसपी चौधरी जिल्ला तानिए

`बालेनको प्रहरी होइनौं´ भन्ने डीएसपी चौधरी जिल्ला तानिए

बुधवार , आषाढ २४, २०८३

धनगढी । इलाका प्रहरी कार्यालय सुख्खड, कैलालीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलाली तानिएको छ ।

कैलाली प्रहरी अनुसार उनलाई हालै सार्वजनिक कार्यक्रममा दिएको `हामी बालेनको पुलिस पनि होइन´अभिव्यक्तिबारे सोधपुछका लागि बोलाइएको हो।

डीएसपी चौधरीले केही दिनअघि आयोजित एक सार्वजनिक कार्यक्रममा नेपाल प्रहरी कुनै व्यक्ति, राजनीतिक दल वा सरकारको नभई संविधान र कानुनअनुसार सञ्चालन हुने व्यावसायिक संस्था भएको बताएका थिए।

भाषणका क्रममा उनले, "हामी बालेनको पुलिस पनि होइन, नेपाल प्रहरी हौँ। अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने नेपाल प्रहरी हो। आवश्यक परे केपी ओलीलाई पनि थुन्ने यही नेपाल प्रहरी हो," भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेपछि व्यापक चर्चा भएको थियो।

उनले प्रहरी सेवामा आफ्नो प्रवेश पूर्ण रूपमा योग्यता र प्रतिस्पर्धाका आधारमा भएको उल्लेख गर्दै संगठनको व्यावसायिक चरित्रबारे पनि धारणा राखेका थिए।

"म भोट हालेर वा टीका लगाएर आएको होइन। यो बर्दी राष्ट्रपतिले पनि लगाउन पाउनुहुन्न। म लोकसेवा आयोगको खुला प्रतिस्पर्धाबाट १०२ जनामध्ये छनोट भएर आएको हुँ। हामी मेरिटका आधारमा छानिएका प्रहरी हौँ, दारु–भात खाएर आएका होइनौँ," उनले कार्यक्रममा भनेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077