Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

विष्णु पौडेललाई थप पाँच दिन थुनामा राख्न अनुमति

विष्णु पौडेललाई थप पाँच दिन थुनामा राख्न अनुमति

बुधवार , आषाढ २४, २०८३

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप पाँच दिन थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले म्याद थप अनुमति दिएको हो।

सम्पत्ति शुद्धीकरण कसुरमा असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले बिहीबार चाथो पटक म्याद थपका लागि अदालत लगेको थियो।

यसअघि असार १८ गते उनलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो भने दोस्रो पटक असार १५ गते र असार ९ गते उनीविरुद्ध ३ दिन म्याद थप भएको थियो।

हाल सम्पत्ति शुद्धीकरण विभागले पूर्व अर्थमन्त्री समेत रहेका पौडेलविरुद्ध पदको दुरुपयोग गरेर हाल प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077