Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

दोहोरो अंकले घट्यो नेप्से‚ कारोबार भने बढ्यो

दोहोरो अंकले घट्यो नेप्से‚ कारोबार भने बढ्यो

बुधवार , आषाढ २४, २०८३

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज (बुधबार) दोहोरो अंकले घटेको छ। 

दिनभर उतारचढाव रहेको नेप्से अन्ततस् ३०.०९ अंकले घटेर बन्द भएको हो ।

अघिल्लो कारोबार दिनको तुलनामा आज १.१३ प्रतिशतले घट्दै नेप्से २६२१.५९ विन्दुमा रोकिएको छ।

नेप्से मंगलबार २४.५७ अंकले बढेको थियो भने सोमबार २६.२९ अंकले घटेको थियो।

नेप्सेको कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। नेप्सेमा आज ३६२ कम्पनीको ७७ हजार ६२७ पटकको कारोबारमा ८४ लाख ६३ हजार १५ कित्ता सेयर किनबेच भए। जसअनुसार बुधबार चार अर्ब ८२ करोड ६० लाख ८४ हजार ८२५ रुपैयाँको कारोबार भयो।

मंगलबार चार अर्ब ४० करोड सात लाख ५२ हजार ५४२ रुपैयाँको कारोबार भएको थियो। सोमबार भने तीन अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४९८ रुपैयाँको कारोबार भएको थियो।

नेप्सेमा आज २५ कम्पनीका मात्र सेयरमूल्य बढे। २४७ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा पाँच कम्पनीका सेयरमूल्य स्थिर रहे।  १३ समूहको कारोबार भएकामा म्युचुअल फन्ड समूहको सूचक मात्रै बढ्यो भने बाँकी १२ समूहका सूचक ओरालो लागे।

जसअनुसार नेप्सेमा वाणिज्य बैंक १.१८‚ विकास बैंक १.४६‚ फाइनान्स १.४३‚ होटेल तथा पर्यटन १.२९‚ जलविद्युत् १.७०‚ लगानी ०.३९‚ जीवन बिमा ०.८४‚ उत्पादन तथा प्रशोधन १.१३ र लघुवित्त उपसमूहको सूचक ०.८१ प्रतिशतले ओरालो लागे।

यसैगरी म्युचुअल फन्ड समूहको सूचक ०.११ प्रतिशतले बढ्दा निर्जीवन बिमा १.०७‚ अन्य १।१५ र व्यापार समूहको उपसूचक ०.२१ प्रतिशतले घटे।

नेप्सेमा बुधबार एनएमबी डिबेन्चरका लगानीकर्ताले ५.५२ प्रतिशतले आम्दानी गरे। कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले १३.४१ प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा आज केबीएल डिबेन्चर अग्रस्थानमा रह्यो। बुधबार यसको ६२ करोड ३९ लाख १२ हजार ४७२ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा पनि आज केबीएल डिबेन्चर नै अगाडि रह्यो। बुधबार यसको चार लाख ९७ हजार ४१ कित्ता सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य प्रतिकित्ता १२९० रुपैयाँ कायम रह्यो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077