काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार १.४६ अंकले घटेको छ।
दिनभर उतारचढाव रहेको नेप्से अन्तत: १.४६ अंकले घटेको हो।
अघिल्लो कारोबार दिनको तुलनामा आज ०.०५ प्रतिशतले घट्दै नेप्से २७००.६५ विन्दुमा रोकिएको छ। नेप्सेको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा थोरै बढेको छ।
नेप्सेमा सोमबार ३५३ कम्पनीको ९० हजार ८६२ पटकको कारोबारमा ८१ लाख ३८ हजार ४३३ कित्ता सेयर किनबेच भए। जसअनुसार सोमबार चार अर्ब ४४ करोड ६५ लाख २० हजार २४७ रुपैयाँको कारोबार भयो।
सेयर बजारमा आज ११६ कम्पनीका सेयरमूल्य बढे। १४३ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १४ कम्पनीका सेयरमूल्य स्थिर रहे।
नेप्सेमा आज १३ समूहको कारोबार भएकामा तीन समूहका सूचक बढ्दा बाँकी १० समूहका सूचक घटे।
जसअनुसार वाणिज्य बैंक ०.१० र विकास बैंक समूहको सूचक ०.०७ प्रतिशतले घट्यो। फाइनान्स समूहको सूचक १.०१ प्रतिशतले बढ्दा होटेल तथा पर्यटन ०.१५‚ जलविद्युत् ०.२०‚ लगानी ०.०२‚ जीवन बिमा ०.४५ र उत्पादन तथा प्रशोधन समूहको सूचक ०.०६ प्रतिशतले घट्यो।
नेप्सेमा सोमबार लघुवित्त समूहको सूचक ०.४२ प्रतिशतले बढ्दा म्युचुअल फन्ड ०.६८‚ निर्जीवन बिमा ०.२१ र अन्य समूहको सूचक ०.२० प्रतिशतले घट्यो। व्यापार समूहको उपसूचक भने ०.९२ प्रतिशले बढ्यो।
नेप्सेमा सोमबार टक्सार पिखुवाखोला हाइड्रोपावर कम्पनी लिमिडेर र याम्बालिङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १५ प्रतिशतले आम्दानी गरे। अर्थात् यी दुवै कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो। यस्तै सप्तकोसी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.३३‚ सोपान फर्म्यास्युटिकल्स लिमिटेडका लगानीकर्ताले ५.६६ र अपोलो हाइड्रोपावर कम्पनी लिमिडेटका लगानीकर्ताले ५.२६ प्रतिशतले आम्दानी गरे। यस्तै नेपाल बैंक लिमिटेडको डिबेन्चरका लगानीकर्ताले ३.८७ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा सोपान फर्म्यास्युटिकल्स लिमिटेड अग्रस्थानमा रह्यो। सोमबार यसको ३७ करोड ४४ लाख ५६ हजार १४८ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अगाडि रह्यो। सोमबार यसको चार लाख ५० हजार २६६ कित्ता सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ३८० रुपैयाँ कायम रह्यो।