काठमाडौं। मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ।
नेप्से मंगलबार २२.२१ अंकले बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.८० प्रतिशतले बढेको नेप्से २७७७.५८ विन्दुमा रोकिएको हो। कारोबार रकम भने घटेको छ।
आज ३४६ कम्पनीको ६१ हजार ५२७ पटकको कारोबारमा एक करोड १३ लाख ८५ हजार १०० कित्ता सेयर किनबेच भए।
जसअनुसार मंगलबार पाँच अर्ब २६ करोड ५३ लाख ७५ हजार २९९ रुपैयाँको कारोबार भयो।
सोमबार भने पाँच अर्ब ६१ करोड ४३ लाख ७४ हजार ९२८ रुपैयाँको कारोबार भएको थियो।
नेप्सेमा आज १८४ कम्पनीका सेयरमूल्य बढे। ७७ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १० कम्पनीका सेयरमूल्य स्थिर रहे। १३ समूहका कारोबार भएकामा उत्पादन तथा प्रशोधन समूहको सूचक ०.४२ प्रतिशतले घट्यो भने बाँकी १२ समूहका सूचक हरियाली बने।
जसअनुसार मंगलबार वाणिज्य बैंक ०.४१‚ विकास बैंक ०.५९‚ फाइनान्स ६.०३‚ होटेल तथा पर्यटन ०.१२‚ जलविद्युत् ०.६१‚ लगानी ०.२० र जीवन बिमा समूहको सूचक ०.२७ प्रतिशतले बढ्यो। यसैगरी उत्पादन तथा प्रशोधन समूहको सूचक भने ०.४२ प्रतिशतले घट्यो।
यस्तै लघुवित्त ०.४०‚ म्युचुअल फन्ड ०.२९‚ निर्जीवन बिमा १.०२‚ अन्य ३.८४ र व्यापार समूहको उपसूचक १.१३ प्रतिशले बढ्यो।
नेप्सेमा कालिन्चोक हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १४.९८ प्रतिशतले आम्दानी गर्दा नबिल डिबेन्चरका लगानीकर्ताले ४.५९ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा आज पनि आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। आँखुखोलाको ४६ करोड ७६ लाख ५८ हजार ७९८ रुपैयाँको कारोबार भयो। सोमबार आँखुखोलाको ४३ करोड चार लाख ५१ हजार ७५१ रुपैयाँको कारोबार भएको थियो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा पनि आज आँखुखोला नै अगाडि रह्यो। यसको १० लाख ८१ हजार ३१३ रुपैयाँको सेयर किनबेच भयो। सोमबार भने यसको नौ लाख ९७ हजार ५३१ रुपैयाँको सेयर किनबेच भएको थियो। यसको आज अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ४४० रुपैयाँ कायम रह्यो।