काठमाडौं। नेपाल स्टक एक्सचेन्ज 'नेप्से' साताको अन्तिम कारोबार दिन पनि एकल अंकले घटेको छ।
शुक्रबार दिनभर उतारचढाव रहेको नेप्से अन्तत: १.१३ अंकले घटेर बन्द भएको हो ।
नेप्सेको कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
नेप्से बिहीबार १९.६७ अंकले घटेको थियो भने बुधबार ३०.०९ अंकले घटेको थियो। मंगलबार भने २४.५७ अंकले बढेको थियो। सोमबार २६.२९ अंकले घटेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.०४ प्रतिशतले घट्दै नेप्से २६००.७८ विन्दुमा रोकिएको छ।
नेप्सेमा आज ३६७ कम्पनीको ५३ हजार ४३२ पटकको कारोबारमा एक करोड ६ लाख ६० हजार ५३७ कित्ता सेयर किनबेच भए। जसअनुसार शुक्रबार ६ अर्ब ८६ करोड सात लाख १८ हजार ६५८ रुपैयाँको कारोबार भयो।
बिहीबार चार अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ रुपैयाँको कारोबार भएको थियो। बुधबार चार अर्ब ८२ करोड ६० लाख ८४ हजार ८२५ रुपैयाँको कारोबार भएको थियो। मंगलबार चार अर्ब ४० करोड सात लाख ५२ हजार ५४२ रुपैयाँको कारोबार भएको थियो। यसैगरी सोमबार भने तीन अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४९८ रुपैयाँको कारोबार भएको थियो।
नेप्सेमा आज १२० कम्पनीका सेयरमूल्य बढे। १३५ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १९ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज ९शुक्रबार० १३ समूहको कारोबार भएकामा ६ समूहका सूचक बढे भने बाँकी सात समूहका सूचक घटे।
जसअनुसार नेप्सेमा वाणिज्य बैंक ०.१७‚ विकास बैंक ०.३९‚ फाइनान्स ०.२९‚ होटेल तथा पर्यटन ०.३७ र जलविद्युत् समूहको सूचक ०.२७ प्रतिशतले घट्यो। यस्तै लगानी समूहको सूचक ०.१४ प्रतिशतले बढ्दा जीवन बिमा समूहको सूचक भने ०.०९ प्रतिशतले घट्यो। उत्पादन तथा प्रशोधन ०.२५‚ लघुवित्त ०.१३‚ म्युचुअल फन्ड ०.३४ र निर्जीवन बिमा समूहको सूचक ०.०४ प्रतिशतले बढ्यो। यसैगरी अन्य समूहको सूचक ०.२३ प्रतिशतले घट्दा व्यापार समूहको उपसूचक भने १।२७ प्रतिशतल. बढ्यो।
नेप्सेमा आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १०.६६ प्रतिशतले आम्दानी गरे। भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले ७.८४ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा आज नेपाल बैंकको डिबेन्चर अग्रस्थानमा रह्यो। शुक्रबार यसको ८९ करोड ९१ लाख चार हजार ९८० रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा पनि नेपाल बैंकको डिबेन्चर नै अगाडि रह्यो। शुक्रबार यसको सात लाख ८१ हजार १५१ कित्ता सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य प्रतिकित्ता ११७४.५० रुपैयाँ कायम रह्यो।