Jul 10 2026 | २०८३, आषाढ २६ गते

10 Jul 2026 | शुक्रवार, आषाढ २६ गते २०८३

शुक्रवार, आषाढ २६ गते २०८३
images
images

चौरपाटी गाउँपालिकाको ८६.१८ प्रतिशत बजेट खर्च

चौरपाटी गाउँपालिकाको ८६.१८ प्रतिशत बजेट खर्च

शुक्रवार , आषाढ २६, २०८३

अछाम । अछामको चौरपाटी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कुल बजेटको ८६.१८ प्रतिशत खर्च भएको जनाएको छ।

आर्थिक वर्षको अन्तिम दिन असार २५ गते मध्यराति जारी गरिएको विज्ञप्तिअनुसार चालुतर्फ ९०.६१ प्रतिशत र पुँजीगततर्फ ७२.७९ प्रतिशत बजेट खर्च भएको छ । दुवै शीर्षकको खर्च समेट्दा कुल बजेट खर्च ८६.१८ प्रतिशत पुगेको गाउँपालिकाको दाबी छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा स्वीकृत सबै योजना तथा कार्यक्रमको कार्यान्वयन सम्पन्न गर्दै विनियोजित बजेट प्रभावकारी रूपमा खर्च गर्न सफल भएको जनाएको छ।

विज्ञप्तिमा आर्थिक कारोबारलाई सफल र व्यवस्थित रूपमा सम्पन्न गर्न सहयोग पुर्‍याउने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, विषयगत शाखाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखा प्रमुख, वडा कार्यालयका कर्मचारी तथा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीप्रति आभार व्यक्त गरिएको छ ।

त्यसैगरी, सेवा प्रवाहका क्रममा सहकार्य गर्ने उपभोक्ता समिति, निर्माण व्यवसायी, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, विकास साझेदार, सरोकारवाला निकाय तथा चौरपाटी गाउँपालिकावासीप्रति पनि गाउँपालिकाले विशेष धन्यवाद ज्ञापन गरेको छ ।

विज्ञप्तिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जकृष्ण प्रसाद पौड्याल र लेखा प्रमुख राम बहादुर रानाको हस्ताक्षर रहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077