काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा दुई हजार चार सय रुपैयाँले घटेर दुई लाख ८४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार भने सुन तोलामा दुई लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १६० रुपैयाँले घटेर तोलामा ४ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बुधबार चाँदी तोलामा ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।